२०८३ बैशाख ४ गते , शुक्रबार

काठमाडौँ प्रदूषित शहरको सूचीमा आज फेरि पहिलो नम्बरमा

sajilo news
काठमाडौं
२०८१ चैत्र २६ गते , मंगलबार
काठमाडौँ प्रदूषित शहरको सूचीमा आज फेरि पहिलो नम्बरमा

काठमाडौं मंगलबार पनि विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा परेको छ। आईक्यू एअरका वायु गुणस्तर इन्डेक्सअनुसार अहिले काठमाडौंको एक्यूआई २७१ छ। एक्यूआई२०० भन्दा माथिलाई विश्व स्थास्थ्य संगठनले अति अस्वस्थकर सूचीमा राखेको छ।​

काठमाडौ‌ंपछि भारतको नयाँ दिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित शहर बनेका छन्।  वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । 

काठमाडौ‌ंमा दिउँसोपख हल्का पानीसँगै हावाको बेग पनि केही मात्रामा बढ्ने हुँदा वायु प्रदूषण पनि कम हुने मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए। 

सम्बन्धित समाचार