२०८३ बैशाख २० गते , आईतबार

दुर्गा प्रसाईँ भद्रपुरमा पक्राउ पर्‍यो भनेर प्रहरीले किन ढाँटियो ?

sajilo news
झापा
२०८१ चैत्र २९ गते , शुक्रबार
दुर्गा प्रसाईँ भद्रपुरमा पक्राउ पर्‍यो भनेर प्रहरीले किन ढाँटियो ?

झापा । नेपाल प्रहरीको विशेष ब्यूरो टोलीले तीनकुनेमा भएको हिंसात्मक घटनाका नाइके दुर्गा प्रसाईँलाई भारतको आसामबाट पक्राउ गरी आज बिहान झापा ल्याइपुर्‍याएका थिए । 

काँकडभिट्टा नाकाहुँदै झापा ल्याइएका उनलाई भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौँ पुर्‍याएको छ । आसाम राज्यस्थित वास्का जिल्लामा एक नेपाली मूलका नागरिकको घरमा लुकेर बसेका प्रसाईँलाई नेपाल प्रहरीको विशेष ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालयसहितको टोलीले बिहीबार पक्राउ गरी भारतीय प्रहरीको सहयोगमा काँकडभिट्टा बोर्डरसम्म ल्याएका थिए । त्यसपछि उनलाई स्कोरपियो गाडीमा हालेर प्रहरी स्कटिङमा नेपाल प्रवेश गराएका थिए । तर, नेपाल प्रहरीले

प्रसाईँलाई भद्रपुरबाट पक्राउ गरिएको भनेर ढाँट्न खोजेको छ। काँकडभिट्टाबाट प्रसाईँ सवार गाडीमा नेपाल प्रवेश गरेको भिडिओ सार्वजनिक भइसकेका छन्। उनलाई भारतीय प्रहरीले बुझायो भन्दा अन्तर्राष्ट्रिय मुद्दा बन्न सक्छ भनेर प्रहरीले त्यो कुरा ढाकछोप गर्नलाई भद्रपुरमा पक्राउ पर्‍यो भनेर ढाँटियो । प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यले हस्ताक्षरमा निकालिएको प्रहरीको विज्ञप्तिमा पनि प्रसाईँ पक्राउ परेका स्थान भद्रपुर नै भनेर उल्लेख गरिएको छ । 

नेपाल प्रहरी स्रोतले भन्यो- हाम्रो क्षेत्राधिकार नेपाल हो। अन्य देशमा पक्राउ परेको भन्ने हामीसँग केही छैन। हामीले झापामै पक्राउ गरेर काठमाडौँसम्म ल्याएको हो । 

नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण दुवै देशले छिमेकी देशमा कसुर गरेर आफ्नो देशमा पक्राउ परेका अभियुक्त वा कसुरदारलाई गुपचुप बुझाउने गरेका छन्। त्यसरी पक्राउ परेका व्यक्तिलाई सीमावर्ती क्षेत्रमा पक्राउ गरिएको दाबी दुवै देशका सुरक्षा निकायहरूले गर्दै आएको जानकारहरू बताउँछन्।

सम्बन्धित समाचार