२०८३ बैशाख ३ गते , विहीबार

देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

sajilo news
झापा
२०८२ बैशाख ६ गते , शनिबार
देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ ।  देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। स्वास्थ्य सेवा विभागका अनुसारछ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ। 

एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइने छ। बालबालिकालाई बालभिटा खुवाइने छ। सँगसँगै बालबालिकामा कुपोषणको परीक्षण पनि गरिनेछ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। 

भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट शुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम  २०५९ देखि देशैभर लागू भएको थियो। जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागु गरिएको छ । २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ। 

प्रत्येक वर्ष कात्तिक र वैशाखमा सरकारले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने व्यवस्था गर्दै आएको छ। भिटामिन ‘ए’ को कमीले नेपालमा प्रतिदिन एक बालबालिकामा आँखाको ज्योति गुम्ने समस्या हुने गरेको सरकारी तथ्याङ्क छ।

सम्बन्धित समाचार