२०८३ बैशाख १२ गते , शनिबार

नक्कली नोटसहित एक भारतीय युवती पक्राउ

sajilo news
झापा
२०८२ बैशाख १७ गते , बुधबार
नक्कली नोटसहित एक भारतीय युवती पक्राउ

विराटनगरबाट प्रहरीले नक्कली नोटसहित १ भारतीय युवतीलाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार विराटनगर महानगरपालिका–१३ बाट भारत बिहार अररियाकी १९ वर्षीया सिम्पी बैसन्तीलाई पक्राउ गरिएको हो । 

विराटनगर–१३ स्थित एउटा किराना पसलमा सामान किन्ने क्रममा उनले बुधबार भारतीय ५ सय रूपैयाँको नोट दिएकी थिइन् । उक्त नोट नक्कली रहेको आशंकामा पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बैसन्तीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट ५ सय दरका ७ वटा भारतीय नोट फेला परेको जानकारी एसएसपी दाहालले दिए । उनको साथबाट ३ हजार १ सय नेपाली रूपैयाँसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीले बैसन्तीमाथि थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार