२०८३ बैशाख ३ गते , विहीबार

मोरान मेमोरियल स्कुलले मनायो रजत जयन्ती

sajilo news
झापा
२०८२ बैशाख २१ गते , आईतबार
मोरान मेमोरियल स्कुलले मनायो रजत जयन्ती

भद्रपुर । भद्रपुर-६ स्थित मोरान मेमोरियल स्कुलले २५ औं वार्षिक उत्सव (रजत जयन्ती) विविध कार्यक्रम गरी मनाएको छ ।  नेपाल जेसुइट संस्थाद्वारा सञ्चालित मोरानले शनिबार एक समारोहका बीच रजत जयन्ती मनाएको हो ।  

नेपाल जेसुइट संस्थाको रिजनल सुपेरियर फादर अमृत राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्कुलमा २५ वर्ष अघिदेखि निरन्तर जोडिएका प्रधानाध्यापक, शिक्षक,  फादर ब्रदरसहित कार्यालय सहयोगीहरूलाई सम्मान गरिएको थियो।

स्कुलका प्रिन्सिपल फादर निकोलस क्रिस्टुराजले कार्यक्रममा सहभागी हुन आएका अन्य विद्यालयका प्रिन्सिपल, वडाध्यक्ष, समाजसेवी तथा अन्य व्यक्तिहरूलाई समेत सम्मान गरेका थिए ।  विभिन्न सांस्कृतिक कार्यक्रमसहित नाटक, गीत, सङ्गीत, नृत्यहरू समेत विद्यार्थीहरूले प्रस्तुत गरेको स्कुलका शिक्षक अभिषेक बर्मनले जानकारी दिए । 

सम्बन्धित समाचार