२०८३ बैशाख १२ गते , शनिबार
तीनकुने घटना : रवीन्द्र मिश्र र दुर्गा प्रसाईसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
जिल्ला अदालत काठमाडाैँले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीले तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
प्रहरीले उनीहरु माथि थुनामा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । राप्रपाका महामन्त्री धवल शमशेर जबरा हाजिर जमानीमा रिहा भएका थिए । गत चैत १५ गते राजावादी समर्थकहरूले निकालेको प्रदर्शनमा २ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनामा ठुलो क्षति भएको थियो ।