२०८३ बैशाख १२ गते , शनिबार

ब्राउन सुगर बरामद गर्न झापा प्रहरीले चलायो गोली, कारोबारी भाग्न सफल

sajilo news
पार्थ मण्डल
२०८२ बैशाख २२ गते , सोमबार
ब्राउन सुगर बरामद गर्न झापा प्रहरीले चलायो गोली, कारोबारी भाग्न सफल

झापा । झापा प्रहरीले हवाई फायर गरेर ठुलो मात्रामा लागूऔषध ब्राउनसुगर बरामद गरेको छ । घटनामा संलग्न कारोबारी भने फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीले विशेष सूचनाको आधारमा आज बिहान ८:४० बजेको समयमा कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीस्थित सुरुङगा-झापा सडक खण्डमा शरणामतिबाट सुरुङगातर्फ आउँदै गरेको बीआर ३७ टी ९१९८ भारतीय नम्बर प्लेट भएको मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोजेका थिए । मोटरसाइकलमा सवार भएका कारोबारीले प्रहरीलाई देख्न साथ मोटरसाइकल र ब्याग छाडेर घटनास्थलबाट फरार भएका थिए । 

उनीहरूलाई पक्राउ गर्न प्रहरीले ३०३ राइफलबाट २ राउन्ड हवाई फायरसमेत गरेका थिए । तर, उनीहरू प्रहरीलाई चक्मा दिँदै त्यहाँबाट भाग्न सफल भए । उनीहरूले बोकेको ब्यागभित्र प्लास्टिकसहित २०४.०८० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । यता प्रहरीले ब्राउन सुगर ल्याउने कारोबारीको खोजी कार्य तीव्र बनाएको प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार