२०८३ बैशाख ३ गते , विहीबार

मोहिनी एकादशी आज

sajilo news
झापा
२०८२ बैशाख २५ गते , विहीबार
मोहिनी एकादशी आज

वैशाख शुक्ल एकादशी अर्थात् मोहिनी एकादशी। दुःखबाट मुक्तिका लागि बिहीबार सनातन धर्मावलम्बीले यो एकादशीको व्रत गर्दैछन्।  यो एकादशीको व्रतले दुःखकष्ट र मोहजालबाट मुक्त भइने शास्त्रीय मान्यता धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए। 

शुक्ल र कृष्ण पक्ष गरी महिनामा दुईपटक एकादशी पर्छ। यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन्।  यो तिथि भगवान् विष्णु वा नारायणसँग सम्बन्धित पर्व हो। एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका पदार्थ नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम अपनाउँछन्। एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने, माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।

सम्बन्धित समाचार