२०८३ बैशाख १२ गते , शनिबार

मेचीनगरमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

sajilo news
झापा
२०८२ बैशाख २६ गते , शुक्रबार
मेचीनगरमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

झापाको मेचीनगरमा ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । बिहीबार दिउँसो १ः३० बजे मेचीनगर नगरपालिका-६ बर्मेली टोलमा भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर नगरपालिका-१२ बस्ने १९ वर्षीय भूमिराज राई र सोही ठाउँ बस्ने २२ वर्षीय ईश्वर राई लागू औषधसहित पक्राउ परेका हुन् ।

शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट प्लास्टिकसहित १ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार