२०८३ बैशाख १२ गते , शनिबार

बिर्तामोडमा १९ लाख बराबरको धनमाल चोरी

sajilo news
झापा
२०८२ बैशाख २७ गते , शनिबार
बिर्तामोडमा १९ लाख बराबरको धनमाल चोरी

बिर्तामोडमा फेरि दिनदहाडै १९ लाख बराबरको धनमाल चोरी भएको छ । २९ लाखको धनमाल चोरी भएको दुई साता नबित्दै फेरि त्यति ठुलो परिमाणमा चोरी भएको हो । शुक्रबारबिहान ११ देखि १२ बजेको बीचमा बिर्तामोड-३ पुण्डरी टोल बस्ने किरण दाहालको अढाई तले घरबाट नगद र गरगहना चोरी भएको हो ।

बीच तलाको कोठाको चाबी घरधनीले कोठा अगाडी जुत्तामा लुकाई राखेकोमा सोही चाबीले कोठाको ढोका खोली सुनको हार ३ थान, चन्द्रमा १ थान, औँठी ६ थान, तिलहरी २ थान, कटर गेडी १ थान, नौगेडी २ थान, पिँजडा १ थान, सिक्री १ थान गरी ९ तोला ६ आना बराबरको सुन र नगद ४० हजार गरी १९ लाख २ हजार ४०० रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

यसअघि बैशाख १५ गते दिनदहाडै ढोका फोरी बिर्तामोड नगरपालिका वडा न.४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरबाट २९ लाख बराबरको धनमाल चोरी भएको थियो ।

सम्बन्धित समाचार