२०८३ बैशाख ६ गते , आईतबार

'भारतीय कारबाहीमा १०० बढी आतंककारी मारिए'

sajilo news
एजेन्सी
२०८२ बैशाख २९ गते , सोमबार
'भारतीय कारबाहीमा १०० बढी आतंककारी मारिए'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'अपरेसन सिन्दुर' अभियानमा सयभन्दा बढी आतंककारी मारिएको दाबी गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले खुंखार अपराधीहरू मारिएको बताए। 

उनले गत २२ अप्रिलमा पहलगाममा आतंकवादीहरूले घटाएको घटनामा निर्दोष नागरिकहरूको वीभत्स हत्या गरेको बताए। उनीहरूका परिवार र छोराछोरीकै सामुन्ने धर्म सोधेर क्रूरतापर्वक हत्या गरिएकाले त्यसविरुद्ध अपरेसन सिन्दुर अभियान सञ्चालन गरेको उनको भनाइ छ। 

'आतंकवादीहरूले हाम्रा बहिनीहरूको सिन्दुर पुछिदिएका थिए। त्यसविरुद्धको कारबाहीमा भारतले आतंकवादीको हेडक्वाटर नै उजाडी दिए। भारतको यो आक्रमणमा १०० भन्दा बढी खुंखार आतंककारी मारिए। अपरेसन सिन्दुरलाई म देशका हरेक आमा, बहिनी र छोरीहरुलाई समर्पित गर्न चाहन्छु,' उनले भने।

प्रधानमन्त्री मोदीले आतंकवादीलाई पाकिस्तानले पोस्दै आएको बताए। त्यही आतंकवादीको संरक्षणले पाकिस्तान एकदिन आफै सिद्धिने उनको भनाइ छ। 

सम्बन्धित समाचार