२०८३ बैशाख १२ गते , शनिबार

केर्खाको खेल मैदानमा एक युवक मृत भेटिए

sajilo news
झापा
२०८२ बैशाख ३१ गते , बुधबार
केर्खाको खेल मैदानमा एक युवक मृत भेटिए

झापाको कमल गाउँपालिका-३ केर्खामा रहेको खेल मैदानमा एक युवक मृत फेला परेका छन् । आज बिहान अन्दाजी १०ः२० बजे केर्खा खेलमैदानमा रहेको मञ्चको पश्चिमतर्फको चेन्जिङ रुमभित्र उत्तानो परेको अवस्थामा दमक नगरपालिका-४ मङ्गल टोल बस्ने ३५ वर्षीय खगेन्द्र दर्जी मृत फेला परेका हुन् ।

मागी खाइहिँड्ने दर्जी सोही चेन्जिङ रुममा बस्ने गरेका थिए । बाहिरी चोटपटक नभएको र शङ्कास्पद नदेखिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनले त्यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

सम्बन्धित समाचार