२०८३ बैशाख ६ गते , आईतबार

कतारले २ सय अर्ब डलरमा १६० वटा विमान किन्ने

sajilo news
एजेन्सी
२०८२ जेष्ठ १ गते , विहीबार
कतारले २ सय अर्ब डलरमा १६० वटा विमान किन्ने

अमेरिका र कतारबीच उड्डयन र रक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा कतार र अमेरिकाबीच हवाई तथा प्रतिरक्षा सम्झौतामा हस्ताक्षर भएको हो।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र राष्ट्रपति ट्रम्पले अमिरी दिवानमा केही घण्टाको निजी भेटवार्तापछि सहयोगको संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन् । कतार एयरवेजले बोइङसँग २०० अर्ब अमेरिकी डलर बराबरको १६० वटा विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।

दुवै देशले एमक्यू–९बी ड्रोन र एफएस–एलआईडीएस हवाई प्रतिरक्षा प्रणालीको बिक्रीलाई समेट्ने प्रस्ताव र स्वीकृतिपत्रका साथ सैन्य सहयोग बढाउने सम्झौतामा पनि हस्ताक्ष भरुको छ। 

मध्यपूर्वको दोस्रो चरणको भ्रमण सुरु गर्दै ट्रम्प खाडी मुलुकको भ्रमण गर्ने दोस्रो अमेरिकी राष्ट्रपति बनेका छन्। ट्रम्पले सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शारालाई भेटेका थिए। उनले दोहा अवतरण गर्नुअघि रियादमा जीसीसी–अमेरिका शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए।

सम्बन्धित समाचार