घरधनिलाई खाना पकाउन लगाएर लुटपाट
लुटेराहरू अनेक स्वरूपका हुन्छन् । अपरिचित व्यक्तिलाई घरभित्र प्रवेश गर्न दिँदा उदयपुरका एक परिवार लुटिएका छन् । घटना अनुसार सोमवार राति १२.३० बजे उदयपुरको त्रियुगा नगरपालिका-१४ टोड्के बस्ने ५२ वर्षीय हरि भनिने हिरा नेपालीको घरमा कालो क्याप ,अनुहारमा कालो पट्टी बाँधेर, हरियो सर्ट र निलो कपडाको पेन्ट लगाएका ३ जना अपरिचित मानिसहरू आई घरधनी हिरा नेपालीलाई बोलाएका थिए ।
नेपालीलाई सुतेको ठाउँबाट उठाई उनीहरूले खाना पकाउन लगाएका थिए । खाना खाइसकेपश्चात् धम्काउँदै डर त्रास देखाई ती व्यक्तिहरूले नगद र गरगहना लुटेका हुन् । घरमा बोका खसी बेचेर राखेको नगद ६९ हजार र नेपालीकी श्रीमती सीता नेपालीले कानमा लगाएको ४ आनाको सुनको रिङ उनीहरूले लुटेका हुन् ।
घटनाबारे हिजो दिउँसो ४ बजे पीडितले प्रहरी चौकी साउनेमा लिखित निवेदन दिएका छन् । प्रहरी .टोली खटिएर थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।