२०८३ बैशाख ३ गते , विहीबार

बुद्धशान्ति प्रेस क्लबले गरिदियो सदस्य पत्रकारहरुको दुर्घटना बीमा

sajilo news
झापा
२०८२ जेष्ठ १४ गते , बुधबार
बुद्धशान्ति प्रेस क्लबले गरिदियो सदस्य पत्रकारहरुको दुर्घटना बीमा

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर पत्रकारिता गरिरहने सक्रिय पत्रकार तथा सञ्चारकर्मीहरूको निःशुल्क सामूहिक दुर्घटना बीमा गरिदिएको छ ।
प्रेस क्लबले २० जना पत्रकारहरूको निःशुल्क सामूहिक दुर्घटना बीमा गरिदिएको हो । प्रेस क्लबको वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष नवीकरण हुनेगरी २० जनाको २० लाख बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाले बताएका छन् ।

उनले पत्रकारको भौतिक सुरक्षा साथै सम्भावित जोखिमलाई थोरै भएपनि न्यूनीकरण गर्न दुर्घटना बीमाले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने पत्रकारहरूको पेशागत र भौतिक सुरक्षामा प्रेस क्लब गम्भीर रहेको बताउँदै प्रेस क्लबका उपाध्यक्ष नारायण अर्यालले पत्रकारको दुर्घटना बीमा अपरिहार्य रहेको बताए ।

बीमाका लागि सेवा प्रदायक विभिन्न कम्पनीहरुसंग प्रस्ताव माग गरिएकोमा नेपाल माइक्रो इन्स्योरेन्सलाई छनोट गरी सोहीमार्फत बीमा सम्झौता गरिएको क्लबका सचिव रोशन भट्टराईले बताएका छन् । बीमा कम्पनीका बिर्तामोड शाखा प्रमुख दीपक काफ्ले र प्रेस क्लबका अध्यक्ष तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरेसँगै बीमा समेत लागू भएको छ ।

सम्बन्धित समाचार