२०८३ बैशाख ३ गते , विहीबार

स्वास्थ्य मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन

sajilo news
झापा
२०८२ जेष्ठ १५ गते , विहीबार
स्वास्थ्य मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन

सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य सेवातर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड बजेट दिएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको बताएका हुन्।

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उनले भने, 'आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ'।  स्वास्थ्य सेवातर्फ सरकारले निरोगी नेपाललगायतका कार्यक्रम पनि ल्याएको छ भने नसर्ने रोगको हरेक फागुन महिनाभर देशमा नि:शुल्क परीक्षण गर्ने जनाएको छ। 

सम्बन्धित समाचार