२०८३ बैशाख ४ गते , शुक्रबार

मुम्बईलाई स्तब्ध पार्दै पञ्जाब आइपीएलको फाइनलमा

sajilo news
एजेन्सी
२०८२ जेष्ठ १९ गते , सोमबार
मुम्बईलाई स्तब्ध पार्दै पञ्जाब आइपीएलको फाइनलमा

मुम्बई इन्डियन्सलाई ५ विकटले स्तब्ध बनाउँदै पञ्जाब किङ्स् इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ।  गएराति भएको क्वालिफायर खेलमा  टस हारे पहिले ब्याटिङ गरेको मुम्बईले ६ विकेट गुमाएर २०३ रन बनाएको थियो। २०४ रनको सो लक्ष्य पञ्जाबले एक ओभर बाँकी छँदै ५ विकेट गुमाएर पुरा गरेको थियो।

पञ्जाबको जितको लागि कप्तान श्रेयर ऐयरले अविजित ८७ रनको पारी खेले।  ऐरले ४१ बलमा ५ चौका र ८ छक्कासहित ८७ रनको योगदान दिए। नेहाल वाधेराले २९ बलमा ४८ रन बनाए। नेहाल र श्रेयसले चौथो विकेटका लागि ८४ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाएका थिए। ओपनर प्रियांश आर्याले २० रन जोडे। जोश इंग्लिसले ३८ रनको योगदान दिँदा प्राभ्सिम्रन सिंहले ६ रन बनाए।

सम्बन्धित समाचार