२०८३ बैशाख ४ गते , शुक्रबार

आईपीएलको फाइनल आज : को बन्ला नयाँ च्याम्पियन ?

sajilo news
झापा
२०८२ जेष्ठ २० गते , मंगलबार
आईपीएलको फाइनल आज : को बन्ला नयाँ च्याम्पियन ?

इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेङ्लुरु र पञ्जाव किंग्स प्रतिस्पर्धा गर्दैछन्। दुवै टोली पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छन्। यसैले यस पटक नयाँ टोलीले आइपीएल जित्ने पक्का भइसकेको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ देखि खेल सुरु हुनेछ। बेङ्लुरुले पहिलो क्वालिफायरमा पञ्जावलाई नै हराउँदै फाइनल यात्रा तय गरेको थियो। पञ्जावले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सविरुद्ध जित निकाल्दै बेङ्लुरुसँगको उपाधि भिडन्त पक्का गरेको थियो।

बेङ्लुरु चौथो तथा पञ्जाव दोस्रो पटक फाइनल खेल्दैछन्। यसअघि बेङ्लुरु सन् २००९ मा डेक्कन चार्जर्स, २०११ मा चेन्नई सुपर किंग्स र २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो। यसैगरी पञ्जावलाई सन् २०१४ मा कोलकाता नाइट्स राइडर्सले निरास बनाएको थियो। यो सिजन लिग चरणमा भएको भेटमा पञ्जाव पाँच तथा बेङ्लुरु सात विकेटले विजयी भएका थिए। 

सम्बन्धित समाचार