२०८३ बैशाख ३ गते , विहीबार
अत्यधिक गर्मीकाे कारण भद्रपुर, बिर्तामोड र दमकका विद्यालय दुईदिन बन्द
केही दिनदेखिकाे अत्यधिक गर्मीकाे कारण जनजीवन प्रभावित बन्दै गएपछि भद्रपुर, बिर्तामोड र दमक नगरपालिकाले विद्यालयहरुलाई विदा दिएका छन् ।
तीन वटै नगरपालिकाले आज एक सूचना जारी गरी भोलि र पर्सी दुई दिन पठनपाठन स्थगित गर्ने निर्णय गरिएकाे जनाइएको छ । अत्यधिक गर्मीका कारण पठनपाठन गर्न कठिनाई भएको विभिन्न विद्यालय र अभिभावकहरुबाट माग भएपछि हिउँदे र वर्खे विदाबाट कट्टा हुने गरी दुई दिन विदा दिइएको पालिकाहरूले जारी गरेकाे सूचना मा उल्लेख छ ।
यस अवधिमा तापक्रममा गिरावट आएमा वा बर्षात भई विद्यालय संचालन गर्न अनुकुल भएमा विद्यालयको नियमित पठनपाठनको व्यवस्था विद्यालयबाट मिलाउन हुन समेत अनुरोध छ भनी लेखिएको छ । यसअघि कमल गाउँपालिकाले आज र भोलि गर्मी विदा दिइसकेको छ ।