२०८३ बैशाख ३ गते , विहीबार

अत्यधिक गर्मीका बीच झापामा पानी परेपछि राहत महसुस

sajilo news
झापा
२०८२ जेष्ठ २८ गते , बुधबार
अत्यधिक गर्मीका बीच झापामा पानी परेपछि राहत महसुस

झापामा आज दिउँसो पानी परेपछि जिल्लावासीलाई राहत महसुस भएको छ । केही दिन देखि झापासहित देशभर अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको थियो । पूर्वी भागबाट मनसुन पुनः प्रवेश गदै पानी परेपछि अहिले झापाको मौसम शीतल बनेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै विगत ३ घण्टा देखी कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखी मध्यम र १/२ स्थानमा भारी वर्षा मापन भएको  छ।

सो  वर्षा गराउने प्रणाली  दक्षिण/पश्चिम तर्फ सर्दै गइरहेकोले आसपासका क्षेत्रमा समेत मेघ गर्जन चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।  गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरूमा समेत हल्का वर्षा भएको र  बाँकी स्थानहरूमा समेत बदलीको क्रम बढ्दै वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।  

गर्मीले बाहिर तातो हावा चलेकोले स्थानीय विशेष कामबाहेक घरबाट निस्किनै छाडिसकेका थिए । गर्मीका कारण इलेकट्रोनिक्स पसलहरूमा पङ्खा, एसी, कुलर किन्नेको भीड नै लागेको थियो । विद्यालयमा पठनपाठनमा समस्या उत्पन्न भएको भन्दै जिल्लाका ६ वटा पालिकाले दुई दिन विद्यालयमा बिदा दिने निर्णय नै गरिसकेको । भद्रपुर, बिर्तामोड, दमक, कचनकवल, बाह्रदशी, कमल गाउँपालिकाले बिदा दिएको जनाइएको छ । 

सम्बन्धित समाचार