२०८३ बैशाख ३ गते , विहीबार
एमपीएचमा भद्रपुरकी रोजिना दाहाल त्रिवि टपर
भद्रपुर । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत जनस्वास्थ्य विषयमा रोजिना दाहालले सर्वोत्कृष्ट (टप) अंक प्राप्त गरी उत्तीर्ण गरेकी छिन्। आइओएम जनस्वास्थ्य केन्द्रीय विभाग महाराजगन्जमा अध्ययनरत दाहालले मास्टर इन पब्लिक हेल्थ (एमपिएच)मा ८० दशमलव ०८ प्रतिशत अंक ल्याउँदै टप गरेकी हुन्।
आइओएम परीक्षा नियन्त्रक महाशाखाले दाहालले सर्वोत्कृष्ट अंक ल्याएको जानकारी जनस्वास्थ्य विभागलाई शुक्रबार गराइसकेको छ।सर्वोत्कृष्ट अंक ल्याउने छात्रा दाहाल झापा भद्रपुरकी हुन् ।