२०८३ बैशाख ३ गते , विहीबार

कचनकवलका संस्थागत विद्यालयहरुले तिर्दैनन् बार्षिक कर, कुन विद्यालयले कति तिर्नुपर्ने ?

sajilo news
पार्थ मण्डल
२०८२ असार १ गते , आईतबार
कचनकवलका संस्थागत विद्यालयहरुले तिर्दैनन् बार्षिक कर, कुन विद्यालयले कति तिर्नुपर्ने ?

कचनकवल । दक्षिणी झापाको कचनकवल गाउँपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयहरूले गाउँपालिकाको निर्णय नटेर्ने गरेको पाइएको छ । कचनकवल गाउँपालिकाको आर्थिक ऐन, २०८० को दफा ४ मा पालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पुँजीगत लगानी र आर्थिक कारोबारको आधारमा अनुसूची ३ बमोजिम व्यवसाय कर लाग्ने व्यवस्था छ । 

सो सँग सम्बन्धित अनुसूची ४ मा निजी विद्यालयहरूको आबद्धता र अभिलेखीकरण तथा नवीकरणका लागि वार्षिक संस्थागत कर लाग्ने उल्लेख छ । पालिकाको संस्थागत विद्यालयको अभिलेख परीक्षण गर्दा यहाँका १४ विद्यालयहरू रहेकोमा आर्थिक ऐनमा भएको व्यवस्था बमोजिम कर असुल गरेको देखिएन ।

संस्थागत विद्यालयहरूबाट प्राप्त गर्नुपर्ने संस्थागत कर रु ५६ हजार असुल गरी स्थानीय संचितकोष दाखिला गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनमा उल्लेख गरेको छ ।

हेर्नुहोस्, कर नतिर्ने विद्यालयको सूचिसहित

सम्बन्धित समाचार