२०८३ बैशाख ५ गते , शनिबार

झापामा सुर्ती तस्करी बढ्यो, सशस्त्रले ज्यामिरगढी नाकाबाट बरामद गर्याे ३ लाख ६० हजारको सुर्ती

sajilo news
झापा
२०८२ असार १ गते , आईतबार
झापामा सुर्ती तस्करी बढ्यो, सशस्त्रले ज्यामिरगढी नाकाबाट बरामद गर्याे ३ लाख ६० हजारको सुर्ती

झापा । प्रति केजी साढे ६ सय भन्दा बढी राजश्व तिर्नुपर्ने देखिएपछि तस्करी समूहले भन्सार छलेर सुर्ती (खैनी) भित्राउन थालेकाे पाइएकाे छ । 

झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित किशनकामत क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सुर्ती बरामद गरेसँगै यस्तो पाइएकाे हाे । 

भारतबाट चोर बाटो हुँदै नेपाल ल्याई चिया बगान नजिकैकाे बस्तीमा लुकाईछिपाई राखेकाे अवस्थामा १८ बाेरा सुर्ती बरामद गरिएको जनाइएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापा र  सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको संयुक्त टोलीले साे परिमाणकाे बरामद गरेको हो। बरामद गरिएको सुर्तीको मूल्य करिब ३ लाख ६० हजार रुपैयाँ रहेको अनुमान गरिएको छ।

बरामद गरिएका सुर्ती आवश्यक कारवाहीको आजै भद्रपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार