२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुरमा खानेपानीको गुणस्तर र वितरण प्रणाली सम्बन्धी अन्तरक्रिया 

sajilo news
झापा
२०८२ असार १ गते , आईतबार
भद्रपुरमा खानेपानीको गुणस्तर र वितरण प्रणाली सम्बन्धी अन्तरक्रिया 

भद्रपुर । भद्रपुरमा खानेपानीको गुणस्तर र वितरण प्रणाली सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । भद्रपुर नगरपालिका सभा हलमा आइतबार नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा खानेपानीको गुणस्तर, वितरण प्रणाली तथा वितरणमा देखिएका समस्याहरूको विषयमा सरोकारवालाबीच छलफल गरिएको हो ।

कार्यक्रममा नगरपालिका उप–प्रमुख राधा कार्की, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, विपद्, वन तथा वातावरण शाखा प्रमुख नेत्रप्रसाद पोखरेल, नेपाल खानेपानी संस्थानका कार्यालय प्रमुख तथा इन्जिनियर कासिन्द्रकुमार यादव, तथा विभिन्न खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरूको उपस्थितिमा सो बारेमा छलफल गरिएको जनाइएको छ । 

छलफलमा उपभोक्ता समितितर्फबाट गौरीशङ्कर खानेपानीको सचिव राम बहादुर राई, महेशपुर खानेपानीको अध्यक्ष राजेन्द्र सापकोटा, चन्द्रगढी खानेपानीको सचिव बाबुराम कार्की, चन्द्रगढी दोस्रो खानेपानीको अध्यक्ष चूडामणि मैनाली लगायतले आआफ्नो क्षेत्रका समस्या र सुझावहरू राखेका थिए। कार्यक्रममा नगर प्रमुख पोखरेलले सहभागी सबैप्रति आभार प्रकट गर्दै खानेपानी वितरण प्रणालीमा देखिएका समस्याहरू समाधान गर्न नगरपालिकाले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सम्बन्धित समाचार