२०८३ बैशाख ५ गते , शनिबार
बढ्यो पेट्रोल र डिजेलको मूल्य
नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो । यसअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटिर दुई रुपैँया मूल्य बढेको आयल निगमले जनाएको छ ।नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १६० र डिजेल तथा मट्टितेल प्रतिलिटर १४५ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
