२०८३ बैशाख ४ गते , शुक्रबार

टी-२० महिला विश्वकपको खेल तालिका सार्वजनिक

sajilo news
एजेन्सी
२०८२ असार ५ गते , विहीबार
टी-२० महिला विश्वकपको खेल तालिका सार्वजनिक

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला टी–२० विश्वकप २०२६ को तालिका एक वर्ष अगाडि नै सार्वजनिक गरेको छ। इङल्याण्डमा अर्को वर्षको जुन १२ देखि जुलाई ५ सम्म हुने महिला टी–२० विश्वकपको सार्वजनिक गरिएको तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल जुन १२ मा आयोजक इङ्ल्यान्ड र श्रीलंकाबीच हुने भएको छ। 

प्रतियोगिताको फाइनल खेल जुलाई ५ मा हुनेछ। यस प्रतियोगितामा १२ देशले भाग लिनेछन् र कुल ३३ खेल खेलिनेछन्।  टी–२० विश्वकपमा सहभागी १२ देशलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा भारत, पाकिस्तान, अष्ट्रेलिया र दक्षिण अफ्रिका छन् भने समूह बी मा इङ्गल्याण्ड, न्युजिल्याण्ड, श्रीलंका र वेस्ट इन्डिज छन्। 

दुवै समूहका बाँकी २–२ देश ग्लोबल क्वालिफायरबाट आउनेछन्। नेपाल पनि ग्लोबल क्वालिफायरका लागि छनोट भएको छ। आईसीसीले ग्लोबल क्वालिफायरको मिति तय गरेको छैन। ग्लोबल क्वालिफायरमा १० देश खेल्ने छन् भने शिर्ष ४ देश विश्वकपमा छनोट हुने छन्। 

अहिलेसम्म ग्लोबल क्वालिफायरका लागि युएई, बंगलादेश, स्कटल्याण्ड, अमेरिका, नेपाल र थाइल्याण्ड छनोट भइसकेका  छन्। प्रत्येक समूहका शीर्ष २ टोलीहरू सेमिफाइनलमा पुग्नेछन्। दुवै सेमिफाइनल खेल जुन ३० र जुलाई २ मा ओभलमा हुनेछन् र फाइनल जुलाई ५ मा लर्ड्समा हुनेछ। 

सम्बन्धित समाचार