२०८३ बैशाख ३ गते , विहीबार

इलामका एक वृद्धमा कोरोना संक्रमण पुष्टि

sajilo news
झापा
२०८२ असार ५ गते , विहीबार
इलामका एक वृद्धमा कोरोना संक्रमण पुष्टि

इलामका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । इलाम रोङ गाउँपालिका-४ बस्ने ७४ वर्षका वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाको लक्षण देखिएपछि प्रादेशिक अस्पताल भद्रपुरबाट ती वृद्धको स्याम्पल सङ्कलन गरेर एक साताअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाइएको थियो । जुन स्याम्पलको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको प्रादेशिक अस्पताल भद्रपुरको प्रयोगशालाले जनाएको छ ।

अस्ति बेलुका रिपोर्ट आएर हिजो बिहान सम्बन्धित व्यक्तिलाई जानकारी गराइएको थियो । केही दिनअघि झापा बिर्तामोडकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार