२०८३ बैशाख ३ गते , विहीबार

कोरोना संक्रमित इलामकी महिलाको उपचारको क्रममा मृत्यु

sajilo news
झापा
२०८२ असार १० गते , मंगलबार
कोरोना संक्रमित इलामकी महिलाको उपचारको क्रममा मृत्यु

पछिल्लो चरणमा कोरोना संक्रमण फैलिएयता देशमै पहिलो पटक कोरोना सङ्क्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ ।सूर्योदय नगरपालिका-१० फिक्कल बस्ने ४९ वर्षीया सुनिता लामाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । आज बिहान ६ बजे नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मृतकको शव अस्पतालले र्यापिङ गरी आफन्तलाई जिम्मा दिएको प्रहरीले जनाएको छ । त्यसबारे जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गर्ने कार्य भइरहेको जनाइएको छ ।

ज्वरो आउने बिरामी भई स्थानीय अस्पतालमा उपचार गराउँदा ठिक नभएपछि दुई दिनअघि उनलाई बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा ल्याई हिजो चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि थप उपचारको लागि उनलाई विराटनगर लगिएको थियो ।

सम्बन्धित समाचार