२०८३ बैशाख ४ गते , शुक्रबार

प्रादेशिक अस्पताल भद्रपुरको ‘मेसु ’मा डा. गुप्ता नियुक्त

sajilo news
झापा
२०८२ असार १० गते , मंगलबार
प्रादेशिक अस्पताल भद्रपुरको ‘मेसु ’मा डा. गुप्ता नियुक्त

भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरको मेडिकल सुपरिटेन्डेन्टमा वरिष्ठ रेडियोलोजिष्ट डा.सञ्जयकुमार गुप्ता नियुक्त भएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काको ११ औं तहमा बढुवा भएसँगै वरिष्ठ कन्सल्टेन्ट (दसौँ तह) डा. गुप्तालाई मेसुको जिम्मेवारी प्रदान गरिएको हो ।

प्रदेश निजामती सेवा ऐन २०७९ को दफा २३ को उपदफा ६ बमोजिम डा गुप्तालाई कोशी प्रदेश सरकार मुख्यमन्त्री कार्यालय विराटनगरले अस्पतालको मेसुको जिम्मेवारी दिएको हो ।  

तत्कालीन मेची अञ्चल अस्पतालमा २०६८ साल असोज १ गतेबाट रेडियोलोजिष्टको जिम्मेवारी सम्हाल्दै आएका उनी डा. खड्काको गत वैशाखमा एघारौँ तहमा बढुवा भएसँगै निमित्त मेसु थिए ।

२०६८ सालमा मेची अञ्चल अस्पताल विकास समितिबाट   मेडिकल अफिसरका रुपमा अस्पतालमा नियुक्त भएका उनी २०७३ सालदेखि वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्टको नवौँ तहमा स्थायी  भएका थिए ।

२०७५ साल असोज १२ गतेदेखि वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्टको दश औं तहमा बढुवा भएका उनले भारतको मणिपाल मेडिकल कलेजबाट सन २०११ मा रेडियोलोजिष्टमा एमडी गरेका थिए ।मेची प्रादेशिक अस्पतालमा काम गर्नु अघि उनले मेडिकेयर अस्पताल र एनएमसी मेडिकल कलेजमा समेत काम गरेका थिए । 

 

सम्बन्धित समाचार