२०८३ बैशाख ४ गते , शुक्रबार

बिर्तामोड नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

sajilo news
झापा
२०८२ असार १६ गते , सोमबार
बिर्तामोड नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

बिर्तामोड नगरपालिकाको दोस्रो नगर सभाको सातौँ अधिवेशनको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटसहित विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरू सर्वसम्मतले पारित गरेको छ।
नीति तथा बजेट पारित र प्रतिवेदनहरूको अनुमोदन, नगर सभाका सभाध्यक्षबाट बैठकको प्रारम्भ भएको घोषणा गरिएसँगै असार ९ गतेको बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रम बजेट, आर्थिक विधेयक २०८२, र विनियोजन विधेयक २०८२ माथि सदस्यहरूले व्यापक छलफल गरी आफ्ना विचार राखेका थिए। छलफलपश्चात् सभाध्यक्षले ती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेका थिए । 
बैठकले बिर्तामोड नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नगर प्रमुख पवित्रा महतारा प्रसाईँले प्रस्तुत गरेकी नीति तथा कार्यक्रमलाई नगरको पहिलो ५ वर्षे नगर आवधिक योजनासँग तादात्म्य कायम गरी दीर्घकालीन दृष्टिकोणका साथ सर्वसम्मत पारित गरेको छ। त्यसैगरी, गत असार ९ गते बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एवं नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले प्रस्तुत गरेको बजेट, योजना तथा कार्यक्रम, आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ लाई पनि सर्वसम्मत पारित गर्ने निर्णय भएको छ। यसका साथै, न्यायिक समिति, अर्थ तथा सार्वजनिक लेखा समिति, सुशासन तथा क्षमता विकास समिति, पूर्वाधार विकास समिति, सामाजिक विकास समिति, आर्थिक विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति र विधेयक समितिका आर्थिक वर्ष २०८१र०८२ का प्रतिवेदनहरू पनि सर्वसम्मत पारित गरिएको छ। बिर्तामोड नगरपालिकाले असार ९ गते आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

सम्बन्धित समाचार