कार दुर्घटनामा पोर्चुगाली फरवार्ड जोटाको निधन
लिभरपुलका पोर्चुगाली फरवार्ड डियगो जोटा २८ वर्षको उमेरमा दुर्घटनामा परि निधन भएको छ। उत्तरी स्पेनको सडकमा उनको लम्बोर्गिनी दुर्घटनाग्रस्त भएर सडकबाट बाहिरिएपछि उनको निधन भएको हो।
दुर्घटना जोटासँगै उनका भाइ आन्द्रेको समेत निधन भएको छ। लम्बोर्गिनीको टायर ओभरटेक गर्ने क्रममा फुटेको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन्। गाडी स्पेनको उत्तर–पश्चिममा रहेको सामोरा नजिकैको सेर्नाडिला भन्ने स्थानमा ए–५२ राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो गाडी सडकबाट बाहिरिएर पल्टिएपछि आगलागी भएको थियो।
लिभरपुल एफसीले एक विज्ञप्तिमा भनेको छ, क्लब यो दुर्घटनाले ‘विनाशकारी’ महसुस गरेको छ र डियगोका परिवार, साथी तथा फ्यानले ‘अकल्पनीय क्षति’ भोग्नुपरेको उल्लेख गरेको छ।
जोटाले भर्खरै आफ्नो बाल्यकालकी प्रेमिका रुटे कार्डोसोसँग विवाह गरेका थिए। उनी १६ वर्षदेखि सँगै थिए र उनीहरूको तीन सन्तान छन्। उनले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा विवाहको भिडियो साझा गर्दै रुटेकी पति हुन पाएकोमा आफूलाई संसारकै सबैभन्दा भाग्यमानी मानिस भनेका थिए। थाहा खबरबाट