२०८३ बैशाख ४ गते , शुक्रबार

अमेरिकालाई हराउँदै मेक्सिकोले उचाल्यो कनकाकेफ

sajilo news
एजेन्सी
२०८२ असार २३ गते , सोमबार
अमेरिकालाई हराउँदै मेक्सिकोले उचाल्यो कनकाकेफ

मेक्सिकोले अमेरिकालाई २–१ गोलले पराजित गर्दै कनकाकेफ गोल्डकपको उपाधि जितेको छ । एक गोलले पछाडि रहेको मेक्सिकोले स्थिति उल्टाएर कीर्तिमान १० औंपल्ट उत्तर र केन्द्रीय अमेरिका तथा क्यारिबियन क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता जितेको हो।

ह्युस्टन टेक्सासमा भएको खेलमा अमेरिकाले क्रिस रिचडर्सको गोलले चौथो मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफको २७ औं मिनेटमा राउल जिमिनेजले मेक्सिकोको लागि बराबरी गोल फर्काए।

खेलको ७७ औं मिनेटमा एडिसन अल्भारेजले हेडबाट निर्णायक गोल गरे र मेक्सिको डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्न सफल रह्यो।  प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो। त्यसमध्ये १५ टिम उत्तर र केन्द्रीय अमेरिका तथा क्यारिबियन क्षेत्र थिए। 

साउदी अरेबियालाई भने पाहुना टिमका रूप खेलाइएको थियो। मेक्सिको र अमेरिकाले क्यानाडासँग मिलेर अर्को वर्षको विश्वकप आयोजना गर्दैछन्।

 

सम्बन्धित समाचार