२०८३ बैशाख ३ गते , विहीबार

आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

sajilo news
काठमाडौं
२०८२ असार २७ गते , शुक्रबार
आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, आर्थिक तथा वित्तीय स्थिति एवम् परिदृश्यको विश्लेषण, नीतिगत व्यवस्था र प्रमुख कार्यक्रमहरू समावेश गरिएका छन् । यसका अतिरिक्त विदेशी विनिमय व्यवस्थापन, वित्तीय क्षेत्र सुधार एवम् नियमन, भुक्तानी प्रणाली, लघुवित्त, वित्तीय पहुँच एवम् ग्राहक संरक्षण र सम्पत्ति शुद्धीकरण निवारण लगायतका नीति तथा कार्यक्रमहरूसमेत यस मौद्रिक नीतिमा समावेश गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य रहेकोमा २०८२ जेठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ । २०८२ जेठ महिनामा वार्षिक बिन्दुगत मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ ।

हेर्नुहोस् पूर्णपाठ

सम्बन्धित समाचार