२०८३ बैशाख ३ गते , विहीबार
झापा र मोरङ जोड्ने हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा खोलाको पुलको उद्घाटन गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयले आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त पुल उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिँचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने बताए ।
त्यसक्रममा प्रधानमन्त्रीले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह समेत गरे । प्रधानमन्त्री ओली २ दिनदेखि झापा र इलामका कार्यक्रममा सहभागी भइरहेका छन् ।