२०८३ बैशाख ४ गते , शुक्रबार
झापाको अर्जुनधारा जलेश्वरधाममा श्रद्धालुहरूको भीड
आज साउन महिनाको पहिलो सोमवार । विगतका वर्ष झैँ यस वर्ष पनि पूर्वको पशुपतिनाथ भनेर चिनिने झापाको अर्जुनधारा जलेश्वरधाममा श्रद्धालुहरूको भीड लागेको छ । अर्जुनधारा जलेश्वरधाम झापासहित विभिन्न जिल्लाका श्रद्धालुहरू साउनी पर्वमा जल चढाउन आउने गरेको जनाइएको छ । बिहानैदेखि जल चढाउने भक्तालुहरूको भीड लागेको हो ।

गत असार ३० गतेको सोमवारदेखि साउने सोमबारको व्रत सुरु भएको छ । चन्द्रमानको पात्रो तिथिमा चल्ने अनुसार असार ३० देखि साउने सोमबार व्रत सुरु भएको हो । साउनको सोमबार विशेषगरी दाम्पत्य जीवन सुखमय होस् भन्ने कामनासहित भगवान् शिव पार्वतीको पूजा गर्ने र व्रत बस्ने सनातन धर्मावलम्बीको परम्परा छ।

