२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुर विमानस्थलको स्तरोन्नतिका लागि एक करोड बजेट

sajilo news
झापा
२०८२ श्रावण ७ गते , बुधबार
भद्रपुर विमानस्थलको स्तरोन्नतिका लागि एक करोड बजेट

भद्रपुर । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुधबार आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ४० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जस मध्ये आन्तरिक विमानस्थलको स्तरोन्नतिका लागि भद्रपुरस्थित चन्द्रगढी विमानस्थलका लागि एक करोड बजेट विनियोजन गरेको छ ।
प्राधिकरणको आम्दानीको ९० प्रतिशत हिस्सा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्भर रहेको र उक्त विमानस्थल आफ्नो अधिकतम क्षमतामा चलिरहेकाले अब आम्दानी बढाउन विमानस्थल सेवा शुल्क वृद्धि गर्ने योजना रहेको महानिर्देशक प्रदीप अधिकारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले विभिन्न शुल्कमा छुट दिएका कारण त्यहाँबाट प्राधिकरणलाई आम्दानी हुन सकेको छैन ।

सम्बन्धित समाचार