२०८३ बैशाख ८ गते , मंगलबार

दमकमा घर अगाडि फर्केर पिसाब फेरेको निहुँमा विवाद, तीनजना घाइते

sajilo news
झापा
२०८२ श्रावण १२ गते , सोमबार
दमकमा घर अगाडि फर्केर पिसाब फेरेको निहुँमा विवाद, तीनजना घाइते

घर अगाडि फर्केर पिसाब फेरेको निहुँमा झापाको दमकमा विवाद हुँदा ३ जना घाइते भएका छन् । गएराति साढे १० बजे दमक नगरपालिका-२ का समीर तामाङको घर अगाडी दमक-३ का २६ वर्षीय सुरज क्षेत्री, १८ वर्षीय आदित्य लिम्बूसमेत ३/४ जना हावा खाई बसिरहेको अवस्थामा को १ ज ३५६५ नम्बरको म्याजिकमा आएका म्याजिक चालक सोही ठाउँ बस्ने ३६ वर्षीय नीरज बानियासमेतका युवाहरूले सो घर अगाडी फर्की पिसाब फेरी हावा खाई बसिरहेको मानिसहरूलाई अपशब्द प्रयोग गर्दा विवाद भएको थियो ।

विवाद बढ्दै गई कुटपिट हुँदा सुरज क्षेत्री, आदित्य लिम्बू र नीरज बानिया घाइते भएका छन् । क्षेत्रीको दाहिने हातमा चोट लागेको छ भने लिम्बूको दाहिने खुट्टामा चोट लागेको छ । दुवै जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । बानियाको टाउको, अनुहार र दुवै घुँडामा चोट लागेको छ । उनलाई उपचारको लागि निम्स अस्पताल दमकमा भर्ना गरिएको छ । घटनास्थलमा प्रहरी चौकी बाघ खोरबाट प्रहरी टोली खटिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित समाचार