२०८३ बैशाख ८ गते , मंगलबार
खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या गर्ने दाजु पक्राउ
ताप्लेजुङमा खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या गर्ने दाजु पक्राउ परेका छन् । गएराति १०.४० बजे ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका-४ कार्तिके बस्ने २५ वर्षीय शूकवीर विश्वकर्मा र उनका माइला भाइ २२ वर्षीय रोशन विश्वकर्माले गाउँबाट मादक पदार्थ सेवन गरी घरमा आई विवाद गरेका थिए ।
त्यसक्रममा शूकवीरले खुकुरीले पेटमा प्रहार गर्दा रोशनको घटनास्थलमा नै मृत्यु भएको हो । शूकवीरलाई स्थानीयबासीहरुले नियन्त्रणमा लिइ राखेका थिए । पछि प्रहरी टोली पुगेर नियन्त्रणमा लिई उनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ल्याइएको छ ।