२०८३ बैशाख ८ गते , मंगलबार
२१ वटा जंगली बँदेल तस्करी गर्ने दुईजना समातिए
गाडीमा हालेर २१ वटा जङ्गली बँदेल लाँदै गर्दा दुईजना पक्राउ परेका छन् । हिजो दिउँसो २ बजे उदयपुर रौतामाई गाउँपालिका-७ संगम चौकमा प्रहरी टोलीले मे १ च ६५८४ नम्बरको पिकअप गाडी चेकजाँच गर्ने क्रममा गाडीमा २१ वटा जङ्गली बँदेल राखी अवैध रुपमा ओसारपसार गरिरहेको फेला परेको थियो ।
गाडी चालक सप्तरी राजविराज-१६ बस्ने ५० वर्षीय विनोद यादव र ती बँदेलको धनी बताउने गाडीमा सवार वडा नं . १५ बस्ने ३० वर्षीय सन्तोष मरिकलाई प्रहरीले पक्राउ गरेको छ । बँदेल, गाडी र ती दुवैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याइ आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।