२०८३ बैशाख ३ गते , विहीबार

श्रीकृष्ण रथयात्रा उत्सव समारोह समिति भद्रपुरको अध्यक्षमा मित्रुका

sajilo news
झापा
२०८२ श्रावण २१ गते , बुधबार
श्रीकृष्ण रथयात्रा उत्सव समारोह समिति भद्रपुरको अध्यक्षमा मित्रुका

भद्रपुर । भद्रपुरमा श्रीकृष्ण जन्माष्टमी तथा रथयात्रा उत्सव समारोह समिति पुनर्गठन गरिएको छ । भद्रपुर नगरपालिका नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आज बिहान मोहपाल धर्मशालामा बसेको सर्वपक्षीय भेलाले मुकेश मित्रुकाको अध्यक्षतामा रथयात्रा उत्सव समारोह समिति पुनर्गठन गरेका हुन् । 

नवगठित समितिको उपाध्यक्षमा भीमासिंह राजपूत, सचिवमा निरशव प्रधान, सहसचिवमा प्रतीक रौनियार र कोषाध्यक्षमा निलम प्रधान निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यहरूमा प्रवेश अग्रवाल, सोनु साह, मेघु राया, मोहित शर्मा, राजेश मण्डल, उद्धव मेचे, गजेन्द्रसिंह राजपूत, कृति राई र उषा राजवंशी चयन भएका छन् । त्यस्तै सल्लाहकार समितिमा पनि गठन गरिएको छ । नगर क्षेत्रका विभिन्न सङ्घसंस्थाहरूका अध्यक्षहरूलाई पनि समितिमा समावेश गरी लैजाने जनाइएको छ ।  

नवगठित समितिले आउँदो साउन ३१ गते भद्रपुर ५ स्थित लक्ष्मीनारायण मन्दिर र भद्रपुर ६ स्थित राधाकृष्ण मन्दिरमा मनाइने श्रीकृष्ण जन्माष्टमी तथा जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्राको आवश्यक तयारी र व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू समेत गठन गरी अघि बढ्ने समितिका अध्यक्ष मित्रुकाले जानकारी दिए ।

सो भेलामा रथयात्राका संरक्षक भद्रपुर नगरपालिकाका तर्फबाट नगरप्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्की लगायतको उपस्थिति रहेको थियो । साथै सोही भेला किरण भारती नेतृत्वमा बनेको रथयात्रा उत्सव समारोह समितिले अघिल्लो वर्षको हरहिसाब पनि सार्वजनिक गरेको छ । ४ लाख ९४ हजार ४३ रुपैयाँ आर्थिक संकलन गरी खर्च गरिएकोमध्ये २४ हजार ८१०  रुपैयाँ बैकमा बचत रहेको अध्यक्ष भारतीले जानकारी गराएका थिए । 

सम्बन्धित समाचार