२०८३ बैशाख ८ गते , मंगलबार
सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार अभियुक्त राजवंशी पक्राउ
भद्रपुर । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले बाह्रदशी गाउँपालिका- ५ का ५३ वर्षीय लीला भन्ने लिलाधर राजवंशीलाई आज पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि झापा कारागार चलान गरेको छ ।
अदालतको २०८० असोज ७ गतेको फैसला अनुसार राजवंशीलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा एक वर्ष ४ महिना १२ दिन कैद र जरिवाना रु ४५ हजार तोकेको थियो ।