२०८३ बैशाख ८ गते , मंगलबार
सशस्त्र प्रहरी र तस्कर समूहबिच झडप, चार राउण्ड हवाई फायर
मदिरा तस्करी नियन्त्रण गर्न पुगेका प्रहरीको गोली प्रहारबाट सप्तरी राजगढका लालु यादवको मृत्यु भएको घटना सेलाउन नपाउँदै धनुषामा पनि सशस्त्र प्रहरी र तस्कर समूहबिच झडप भएको छ ।
भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा विदेह नगरपालिका–२ दुहवीस्थित आँप बगैँचामा बुधबार साँझ दुवै पक्षबीच झडप भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुबाट डीएसपीको कमाण्डमा रहेको सुरक्षा फौजले उक्त तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय बासिन्दा जम्मा भई सुरक्षा कर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी बलले एसएलआरबाट ४ राउण्ड हवाई फायर गरेको थियो । सशस्त्र प्रहरीले एउटा मोटरसाइकल र केही किराना सामान नियन्त्रणमा लिएको छ ।