२०८३ बैशाख ८ गते , मंगलबार

दमकमा ब्राउनसुगरसहित चारजना पक्राउ

sajilo news
झापा
२०८२ श्रावण २३ गते , शुक्रबार
दमकमा ब्राउनसुगरसहित चारजना पक्राउ

दमकमा लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । गएराति १० बजे दमक नगरपालिका-४ चियादोकान बस्ने पासाङ तामाङको घर कोठामा ब्राउनसुगर बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरमा तलासी लिँदा प्लास्टिकसहित ११ ग्राम ३९० मिलिग्राम र प्लास्टिकबाहेक ३ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

सो लागूऔषधसहित पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ चियादोकान बस्ने पासाङ तामाङकी श्रीमती २६ वर्षीया शीतल भन्ने ज्योति राई तामाङ , कमल गाउँपालिका-५ पाथीभरा टोल बस्ने २७ वर्षीय सञ्जीव लिम्बू , सोही ठाउँका १८ वर्षीय वसन्त राई र कमल- ४ शीतल टोल बस्ने १८ वर्षीय सन्दीप धिमाल रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार