२०८३ बैशाख ६ गते , आईतबार
कुखुरालाई करणी गर्दागर्दै हल्दिबारीका पुरुष पक्राउ
झापाको हल्दिबारीमा एक व्यक्ति कुखुरालाई करणी गर्दागर्दै पक्राउ परेका छन् । हल्दिबारी गाउँपालिका-४ जलथल निवासी ६० वर्षीय पुरुष कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका हुन् । उनले आफ्नै घरमा पालेको कुखुराको पोथीलाई करणी गरेको बताइएको छ ।
ती पुरुषले सुत्ने कोठामा लगेर कुखुराको पोथीलाई करणी गर्दा गर्दै श्रीमतीले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कुखुरा करणी गर्ने ती पुरुषलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ । कुखुराको पोथीको भने करणीका कारण मृत्यु भएको बताइएको छ ।