२०८३ बैशाख ८ गते , मंगलबार

इलामका सीमा नाकाबाट सिक्किमे ब्रान्डका रक्सी तस्करी, झापा प्रहरीद्वारा १५ कार्टुन बरामद

sajilo news
पार्थ मण्डल
२०८२ श्रावण २५ गते , आईतबार
इलामका सीमा नाकाबाट सिक्किमे ब्रान्डका रक्सी तस्करी, झापा प्रहरीद्वारा १५ कार्टुन बरामद

इलामको सीमा नाकाबाट भारतीय सिक्किम ब्रान्डका मदिरा (रक्सी) तस्करी अझै रोकिएको छैन । पशुपतिनगर लगायत सीमा नाकाबाट अवैध रुपमा भित्रिएको भारतीय रक्सी झापा प्रहरीले बरामद गरेसँगै यस्तो तथ्य खुलेको हो ।

इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले आइतबार दिउँसो ३ बजे मेची राजमार्ग सडक खण्ड अन्तरगत  बुद्धशान्ति गाउँपालिका-४ स्थित बर्नेबाट १५ कार्टुन अर्थात् १५० पिस सिक्किमे गोल्ड मेलन ब्रान्डी नामक रक्सी बरामद गरेको छ । इलामबाट झापा आउँदै गरेका सवारीसाधन चेकजाँचको क्रममा बरामद गरिएको रु ६१ हजार ६३२ रुपैयाँ मुल्य बराबरको रक्सी बरामद गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद गरिएको रक्सी आवश्यक कारबाहीका लागि आइतबारै आन्तरिक राजस्व कार्यालय भद्रपुर बुझाइसकेको जनाइएको छ । यसअघि पनि पटक पटक इलामबाट ल्याएको सिक्किम ब्रान्डका रक्सी झापा प्रहरीले बरामद गरिसकेको छ । 

सम्बन्धित समाचार