२०८३ बैशाख ८ गते , मंगलबार

दुर्गा प्रसाईँ अभियानका कमान्डर दुरेन राई पक्राउ

sajilo news
झापा
२०८२ श्रावण २६ गते , सोमबार
दुर्गा प्रसाईँ अभियानका कमान्डर दुरेन राई पक्राउ

दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानका कमान्डर दुरेन राई पक्राउ परेका छन् । प्रहरी वृत्त कालीमाटी काठमाडौँको अपराध अनुसन्धान शाखामा परेको बैङ्किङ कसुर मुद्दामा कमल गाउँपालिका-४ बस्ने दुरेन राईलाई पक्राउ गरिएको हो ।

राईलाई पक्राउ गर्न २०८१ चैत १ गते काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो । २०८१ चैत ६ गते सो सम्बन्धीको पत्र जिल्ला प्रहरी कार्यालय झापामा प्राप्त भएको र खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको जनाइएको छ । नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक राई गत वर्षको असोज ६ गते पनि पक्राउ परेका थिए ।

सम्बन्धित समाचार