२०८३ बैशाख ३ गते , विहीबार

झापामा कपडा लोड भएको ट्रकमा आगलागी, ३६ लाखको क्षति

sajilo news
झापा
२०८२ श्रावण २७ गते , मंगलबार
झापामा कपडा लोड भएको ट्रकमा आगलागी, ३६ लाखको क्षति

झापाको दमकमा कपडा लोड भएको ट्रकमा अचानक आगलागी भएको छ । गएराति १२ः४५ बजे दमक-३ बेलडाँगी बस्ने २७ वर्षीय महेन्द्र तामाङले आफ्नै घर अगाडी सडक छेउमा पार्किङ गरी राखेको रेडिमेट कपडा लोड भएको ना ७ ख ८६९१ नम्बरको मिनी ट्रकमा अचानक आगलागी भएको हो । प्रहरी चौकी बाघखोर र भुटानी शरणार्थी सुरक्षा बेस बेलडाँगीबाट खटिएको टोली, स्थानीयबासी, दमक नगरपालिकाको दमकलको सहयोगमा उक्त आगो राति १ः४० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

उक्त आगलागीबाट ७–८ जना व्यापारीहरूको कपडा पूर्णरुपमा जल्दा अन्दाजी ३० लाख र ट्रक आंशिक रुपमा जल्दा ६ लाखसमेत गरी जम्मा ३६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ 

सम्बन्धित समाचार