२०८३ बैशाख ८ गते , मंगलबार
दमकमा दुई पक्षबीच कुटाकुट : खुकुरी र इँटा प्रहार गर्दा दुईजना घाइते
झापाको दमकमा दुई पक्षबीचको हानाहान भएको छ । कुटाकुटको क्रममा खुकुरी र इँटा प्रहार हुँदा दुईजना घाइते भएका छन् ।
आज दिउँसो ३.३० बजे दमक –८ आइतबारे स्कुल छेउ बस्ने २८ वर्षीय अमित साम्पाङ राई, सोही ठाउँ बस्ने १८ वर्षीय अभिषेक तामाङ (एक पक्ष) र सोही ठाउँका २० वर्षीय सादिक खान,१६ वर्षीय सलिम खान (अर्को पक्ष) बिच सामान्य विषयमा झगडा भएको थियो ।
त्यसक्रममा अमित साम्पाङ राईले खुकुरी प्रहार गर्दा सलिम खानको टाउको र दुवै हातमा चोट लागेको छ भने सलिम खानले ढुङ्गा तथा इटाले प्रहार गर्दा अमित साम्पाङ राईको टाउकोमा चोट लागेको छ । दुवै घाइतेलाई दमक अस्पताल एन्ड रिसर्च सेन्टरमा लगी उपचार भइरहेको छ ।
झगडामा संलग्न अभिषेक तामाङ र सादिक खानलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।