२०८३ बैशाख ४ गते , शुक्रबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेल घट्यो
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो। डिजेल र मट्टितेलको मूल्य भने घटेको छ। डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ। नयाँ मूल्य अनुसार तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि लागु हुने छ।
