२०८३ बैशाख ३ गते , विहीबार

जापानिज इन्सेफ्लाइटिस नेपालमा फैलिँदै, हालसम्म ८ जनाको मृत्यु

sajilo news
काठमाडौं
२०८२ भाद्र ३ गते , मंगलबार
जापानिज इन्सेफ्लाइटिस नेपालमा फैलिँदै, हालसम्म ८ जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस अर्थात् जेइ भाइरसको संक्रमण नेपालमा बढ्दै गएको छ । सरकारी तथ्याङ्कका अनुसार, हालसम्म ५८ जनामा संक्रमण फैलिएको छ भने ८ जनाको मृत्यु भइसकेको छ ।

लामखुट्टेबाट सर्ने यो संक्रमण बङ्गुर तथा हास पाल्ने क्षेत्रमा धेरै पाइन्छ । जेइ भाइरसबाट बच्नको लागि सरकारले एक वर्षसम्मका बालबालिकालाई पहिलो मात्राको खोप उपलब्ध गराउँदै आइरहेको छ ।

अहिले देखेको संक्रमणको अवस्था पनि खोपबाट वञ्चित व्यक्तिमा धेरै देखिन्छ र एकचोटि खोप लगाएपछि पन्चानब्बे प्रतिशत सम्म रोगलाई रोक्ने क्षमताको विकास हुने बताइएको छ ।

सरकारले संक्रमण नियन्त्रणका लागि प्रभावकारी तयारी गर्नुका साथै नागरिक तहमा समेत जनचेतना बढाउनु जरुरी छ ।

 

सम्बन्धित समाचार